काठमाण्डौ । शताब्दियौँदेखि हामीले किनबेचका लागि पैसाको लेनदेन गर्दै आएका छौँ। जब मुद्रा थिएन तब वस्तु विनिमय प्रणाली थियो। अर्थात् बाख्रा चाहियो भने बदलामा आफ्नो भेडा वा त्यति नै मूल्य पर्ने वस्तु दिनुपथ्र्यो।
समयसँगै बहुमूल्य रत्नको सट्टामा चीजहरु किन्न थाले। त्यसपछि सिक्काको चलन आयो। सुनदेखि तामा र गिल्टसम्म प्रत्येक सिक्का फरक मूल्य हुन्थ्यो। अन्ततः कागजी मुद्रा आयो र संसारमा प्रभुत्व जमायो।
अहिले पनि संसारको एउटा यस्तो भाग छ, जहाँ ठूला ढुंगाहरु मुद्रा रुपमा प्रयोग हुन्छ। त्यहाँ कागजी नोटको प्रयोग हुँदैन।
त्यो ठाउँ हो, याप टापु। यो टापु प्रशान्त महासागरले घेरिएको छ। करिब १०० वर्गकिलोमिटरमा फैलिएको यस टापुमा करिब १२ हजार मानिस बस्छन्। जुन धेरै गाउँमा विभाजित छ। त्यहाँ जोसँग जति धेरै ढुंगाहरु छन्, ऊ त्यति नै धनी मानिन्छ।
ठूलो ढुंगाको बीचमा एउटा ठूलो प्वाल बनाइन्छ। जसलाई त्यो मुद्राका रुप दिइन्छ, उसले धकेल्दै घरमा लैजान सक्छ।
त्यहाँ ढुंगाको मुद्राको सुरुआत किन र कसरी भयो भन्नेबारे कुनै खास जानकारी छैन। यप टापुमा कुनै पनि प्रकारको बहुमूल्य धातु वा कच्चा पदार्थको उपलब्धता नहुनु नै यसको एउटा कारण रहेको मानिन्छ। यहाँ न सुन छ न कोइला। यस्तो अवस्थामा शताब्दियौँ पहिले तिनीहरुले मुद्राका रुपमा चुना पत्थर प्रयोग गर्न थाले। यो चुनढुंगाका लागि पनि उनीहरुले आफ्नो टापुबाट डुंगा लिएर करिब ४०० किलोमिटर टाढा रहेको पलाउ टापुमा जानुपर्ने थियो।
ढुंगा यापका मानिसका लागि पनि मूल्यवान चीज थियो, त्यसैले तिनीहरुले त्यसलाई मुद्राका रुपमा प्रयोग गर्न थाले। तिनीहरु पलाउबाट बलियो डुंगाहरु लिएर ढुंगाहरु लिएर फर्किन्थे।
ठूल्ठूला चुनढुंगा कुँदेर बीचमा प्वाल बनाएर माथिल्लो भागमा कतै आफ्नो परिवार वा गाउँको नाम लेख्ने गर्दथे। उनीहरुलाई राई भनिन्थ्यो। यदि कसैले सित्तैमा पैसा चाहन्छ भने उसले ढुंगाको मुद्रा दिन्छ, बदलामा उसलाई गोला दिइन्छ।
तिनीहरु ठूला लेनदेन वा सम्झौतामा ढुंगा प्रयोग गर्छन्। टापुबाट कसैले गल्ती गरेमा समाजको बैठक बसेर व्यक्ति वा निजको परिवारले गाउँको नाममा ढुंगा दान गर्नुपर्ने सजाय दिइन्छ। कुनै गल्ती नहोस् भनेर यसको अभिलेख पनि राख्ने गरिन्छ।
धेरै ढुंगाहरु यति गह्रौं छन् कि तिनीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिँदैन। त्यसपछि तिनीहरु त्यहाँ छोडिन्छन् तर यसको मालिक को हो भनेर नक्शांकन गरिन्छ।
स्वदेशी रुपमा बुझ्ने हो भने त्यहाँ ढुंगाको मुद्राको अवस्था पारिवारिक रत्नजस्तै रहेको छ। यो एक पुस्ताबाट अर्को पुस्तामा ठूलो सम्मानका साथ हस्तान्तरण हुन्छ।
दोस्रो विश्वयुद्धको समयमा परिवेशहरु परिवर्तन भए। योभन्दा पहिले स्पेनले यो टापु कब्जा गरेको थियो। ता कि समुद्री मार्गहरुमा सेना तयार गर्न सकियोस्।
विश्वयुद्धको समयमा जापानको शाही सेनाले यसलाई कब्जा गर्यो र ढुंगाको मुद्रा फरक तरिकाले प्रयोग गर्न थाल्यो। घरघर र गाउँबाट मुद्रा निकालेर निर्माण कार्यमा प्रयोग गरिन्थ्यो। त्यसपछि मात्र ढुंगाको मुद्राको स्थानमा आधुनिक मुद्राको चलन आयो तर विवाह वा ठूला किनमेलजस्ता ठूला अवसरहरुमा दुई पक्षले ढुंगामात्र साट्छन्। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago
1 day ago