काठमाण्डौ । यदि कोही व्यक्तिसँग अपार धन छ तर उसलाई थाहा छैन भने त्यस दुर्भाग्य भन्नुपर्छ।
यस्तै एउटा घटना बेलायतमा सार्वजनिक भएको छ। जहाँ ९ वर्षअघि एक व्यक्तिले कम्प्युटरको हार्ड डिस्क फोहोरको थुप्रोमा फालेका थिए। रिपोर्टका अनुसार उक्त हार्ड डिस्कमा ८ हजार बिटक्वाइन सुरक्षित गरिएको थियो।
सन् २०१३ मा साउथ वेल्सको न्यु पोर्टनिवासी जेम्स होवेल्सले आईफोन ६–साइजको हार्ड डिस्कलाई फोहोरको थुप्रोमा फाले। तर, अब नौ वर्षपछि उनले बेकारको रुपमा फ्याँकिदिएको हार्ड डिस्कले आफ्नो भाग्य खुल्ने थाहा पाए। वास्तवमा त्यो डिस्कमा ८ हजार बिटक्वाइन बचत गरिएको थियो। हालको भाउअनुसार ती बिटक्वाइन मूल्य १४ अर्ब ४६ करोड रुपैयाँबराबर हुन आउँछ।
बिजनेस इनसाइडरको रिपोर्टका अनुसार होवेलसँग ल्यापटपको दुईवटा हार्ड डिस्क थिए। यीमध्ये एउटा खाली थियो। जब कि अर्कोमा बिटक्वाइन थिए। हार्ड डिस्कमा बचत गरिएको बिटक्वाइनको उत्खनन सन् २००९ मा भएको थियो।
जब होवेल्सले थाहा पाए कि भूलवश सबैभन्दा मूल्यवान क्रिप्टोकरेन्सी बिटक्वाइन भएको हार्ड डिस्क फ्याकेको रहेछु भन्ने कुरा तब उनी छाँगाबाट खसेझैँ भए। अहिले उनले त्यसको खोजी गर्ने योजना बनाएका छन्।
होवेलले नौ वर्षअघि आफ्नो हराएको हार्ड डिस्क खोज्न बनाएको मास्टर प्लान पनि निकै महँगो छ। यो योजना ११ मिलियन डलर खर्च हुनेछ। हावेलले हाई–टेक टेक्नोलोजी प्रयोग गरेर आफ्नो हराएको खजाना फिर्ता गर्ने तयारी गर्दैछन्।
होवेल्सले डम्पयार्डमा १ लाख १० हजार टन फोहोरको बीचमा हार्ड डिस्कहरु फेला पार्ने योजना बनाएका छन्। यसका लागि उनले एउटा टोली तयार गरेका छन्। जसमा दुई रोबोटिक कुकुर पनि छन्।
लगभग एक दशकपछि फोहोरमा हराएको हार्ड डिस्क पत्ता लगाउन गाह्रो काम हो। तर, एक पूर्वआईटी कर्मचारी होवेल्स हार्ड डिस्क फेला पर्नेमा पूर्ण विश्वस्त छन्।
यद्यपि डम्पयार्ड उत्खनन गर्ने होवेल्सको मागलाई न्युपोर्ट सिटी काउन्सिलले तत्कालका लागि अस्वीकार गरेको छ। यो महँगो र वातावरणका लागि हानिकारक हुने काउन्सिलले जनाएको छ। –एजेन्सी
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago