काठमाण्डौ । जमाना सेल्फीको आइसक्यो । तर पनि मानिसको अटोग्राफप्रतिको क्रेज अझै कम हुन सकेको छैन । आजको मितिमा पनि सेलिब्रेटीहरुको ऐतिहासिक अटोग्राफ खरीदका लागि मानिसहरु करोडौं रुपैयाँ खर्च गर्न समेत तमतयार देखिन्छन । सन् २०१२ मा अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङ्टनको एक अटोग्राफ १ अर्ब ४ करोडमा लिलामी भएको थियो । आज हामी तपाईंलाई यस्तै ६ अटोग्राफको बिषयमा बताउन गइरहेका छौ, जुन अटोग्राफ करोडौं रुपैयाँ मूल्यमा लिलाम भएका थिए । 
 

जर्ज वाशिङ्टन
अटोग्राफको मूल्य  : १ अर्ब ४ करोड रुपैयाँ

अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङ्टनले ‘एक्ट अफ कंग्रेस’ नामको किताबमा दिएको अटोग्राफ अहिलेसम्मकै सबैभन्दा महङ्गो अटोग्राफ हो । यो किताब जर्ज वाशिङ्टनको व्यक्तिगत प्रति थियो । यो किताबमा अमेरिकाको संविधान, बिल अफ राइट्स र फस्र्ट कांग्रेसको बिषय समेटिएको छ । किताबको पहिलो पृष्ठमै जर्ज वाशिङटनले आफ्नो सिग्नेचर(हस्ताक्षर) गरेका छन् । सन् २०१२ मा यो अटोग्राफ लिलामीमा राखिएको थियो । सो क्रममा एन्न बुकआउट नामकी एक महिलाले सो अटोग्राफ करिब १ अर्ब ४ करोड रुपैयाँ नेपाली रकम तिरेर खरीद गरेकी थिइन । खरीद गरेपछि ती महिलाले त्यो ऐतिहासिक किताब यूएस प्रेसिडेन्टको लाइब्रेरीलाई दान दिएकी थिइन । 

अब्राहम लिङ्कन
अटोग्राफको मूल्य : ३९ करोड रुपैयाँ


अमेरिकाको हालसम्मकै सबैभन्दा चर्चित राष्ट्रपति अब्राहम लिङ्कनले सन् १८६३ जनवरी १ मा एक अर्डरमा साइन गरेका थिए, त्यही अर्डरबाट पूरा देशलाई दासत्वबाट मुक्त गरिएको थियो र त्यहाँको दासप्रथाको समेत समूल नष्ट भएको थियो । यो अर्डरलाई ‘इमानसिपेसन प्रोक्लेमेसन’को नामबाट बुझ्ने गरिन्छ । लिङ्कनले यो अर्डरको ४८ वटा कपीमा हस्ताक्षर गरेका थिए । जसमध्ये अहिलेसम्म करिब २६ वटा कपी मात्र बचेका छन् । सन् २०१० मा त्यो अर्डरसँग सम्बन्धित एक प्रति लिलामीमा राखिएको थियो, जसलाई करिब ३९ करोड नेपाली रुपैयाँमा बिक्री गरिएको थियो । 

जोन लेनन्
अटोग्राफको मूल्य : करिब ६ करोड रुपैयाँ


अमेरिकाको चर्चित संगीत समूह बिटल्सका संगीतकार जोन लेननलाई सन् १९८० डिसेम्बर ८ का दिन गोली हानेर हत्या गरियो । मार्क चापमेन नामको जुन व्यक्तिले लेननलाई गोली हानेका थिए, उसले केही घण्टा पहिला मात्र डबल फेन्टासी एलपी रेकर्डको एक कपी लिएर त्यसमा लेननको अटोग्राफ लिएका थिए । यो एलपी रेकर्डलाई हत्याको सबुतको रुपमा अदालतमा पेश गरिएको थियो, यही प्रमाणका कारण गोली हान्ने कार्यमा संलग्न मार्कलाई सजाय सुनाइएको थियो । केही समयपछि यो एलपी रेकर्डमा रहेको जोनको अटोग्राफ करिब ६ करोड नेपाली रुपैयाँमा लिलाम भयो । 

बेब रुथ
अटोग्राफको मूल्य : करिब ४ करोड रुपैयाँ


अमेरिकाका प्रसिद्ध बेसबल प्लेयर बेब रुथलाई यो खेलको लिजेन्ड मानिन्छ । जुन–जुन देशमा बेस बल खेलाइन्छ, त्यहाँ बेबका करोडौं फ्यान छन् । रुथले आफ्नो खेल जीवनको दौरान म्याच जितेपछि एक बेस बलमा अटोग्राफ दिएका थिए । जुन बेस बलमा रुथले अटोग्राफ दिएका थिए, सो समय त्यो बललाई सुन भन्दा पनि महंगो मानिएको थियो । सन् २०१२ मा यो बेसबललाई पनि लिलामीमा राखिएको थियो, जुन अटोग्राफसहितको बल डाक बढाबढको आधारमा करिब ४ करोड नेपाली रुपैयाँमा बिक्री भयो । 

जिमी हेण्डरिक्स
अटोग्राफको मूल्य : करिब २ करोड रुपैयाँ


अमेरिकी पप गायक तथा गिटारिस्ट जिमी हेण्डरिक्सले मात्र ४ वर्षसम्म आफ्नो करिअर बनाउन पाए । तर यो चार सालमा उनले आफ्नो देशमा मात्र होइन, पूरा विश्वमा काफी चर्चा पाए र करोडौं करोड फ्यान समेत बनाए । १९६५ अक्टोबर १५ का दिन उनले एक म्यूजिक कम्पनीसँग कन्ट्रयाक्ट साइन गरेका थिए, त्यसपछि उनलाई आफ्नो ब्याण्डसँग मिलेर म्यूजिक तयारीको जिम्मेवारी दिइएको थियो । यसका लागि उनले रोयल्टीको १ प्रतिशत मात्र रकम दिने भनिएको थियो । उनको निधनको निकै समयपछि उनले सो कन्ट्रयाक्टमा गरेका हस्ताक्षर(अटोग्राफ) करिब २ करोड रुपैयाँमा लिलाम भयो । 

अल्बर्ट आइन्सटाइन
अटोग्राफको मूल्य : ८० लाख रुपैयाँ


धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि, चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइन आफै फोटो खिच्न झिंजो मान्थे र कसैले फोटो खिच्दा पनि निकै रिसाउँथे । आइन्सटाइनको एउटा चर्चित फोटो छ, जसमा उनले आफ्नो जिब्रो बाहिर निकालेर फोटो खिचाएका छन् । यो फोटो आज समेत तपाईंले इन्टरनेटमा खोज्दा जताततै पाउनुहुन्छ । स्वयम् आइन्सटाइनलाई समेत आफ्नो यो फोटो यदि धेरै मन पर्यो कि, पछि उनले फोटो खिच्ने कम्पनीसँग सयौं कपी मगाए । यीमध्ये केही फोटोमा आइन्सटाइनले अटोग्राफ समेत दिन भ्याए । उनको मृत्युको धेरै वर्षपछि ओरिजिनल साइन भएको फोटोग्राफलाई लिलामीमा राखिएको थियो । सो क्रममा उनको ओरिजिनल हस्ताक्षर भएको फोटो ८० लाख रुपैयाँ बराबरमा बिक्री भएको थियो । 
बिजशाला /एजेन्सी