काठमाण्डौ । विश्वमा सबैभन्दा लामो समय एउटै कम्पनीमा काम गर्ने कीर्तिमान एक वृद्धले बनाएका छन्।
ब्राजिलमा बस्ने वाल्टर ओर्थम्यान १०० वर्षका भइसकेका छन्। उनले एउटै कम्पनीमा ८४ वर्ष काम गरे। यसका लागि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ। ओर्थम्यानले भर्खरै गत हप्ता आफ्नो १०० औं जन्मदिन मनाएका छन्।
ओर्थम्यानको जन्म १९ अप्रिल १९२२ मा ब्राजिलको ब्रस्कको एउटा सानो सहरमा भएको थियो। वाल्टर पढाइमा अब्बल थिए। उनको मानसिक क्षमता निकै तेज थियो। उनी कुनै पनि काममा ध्यान दिएर गर्थे। १५ वर्षको उमेरमै उनले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न काम गर्न थाले।
वाल्टरलाई १७ जनवरी १९३८ मा कपडा कम्पनी इन्डस्ट्रिज रेनोक्सले जागिर दिएको थियो। हाल यो कम्पनी रेनोक्स भ्युका रुपमा चिनिन्छ। उनी चाँडै बढुवा भए र बिक्री प्रबन्धक भए। त्यसयता उनी कम्पनीमा बिक्री प्रबन्धक छन्।
विगत ८४ वर्षदेखि वाल्टर कम्पनीमा काम गर्दै आएका छन्। एउटै कम्पनीमा सबैभन्दा लामो समय काम गरेर वाल्टरको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ।
वाल्टर भन्छन्, ‘म भोलिका लागि धेरै सोचेर योजना बनाउँदिन। म यतिमात्रै सोच्न सक्छु कि भोलि एउटा नयाँ दिन हुनेछ। म उठ्नेछु, व्यायाम गर्नेछु र काममा जान्छु। हामी विगत र भविष्यका बारेमा सोच्नुभन्दा पनि वर्तमानमा व्यस्त हुनुपर्छ।’ –एजेन्सी
1 minute ago
11 minutes ago
34 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago