काठमाण्डौ । नरसंहारलाई मानवताविरुद्धको सबैभन्दा ठूलो अपराध मान्ने गरिन्छ । मानव इतिहासको पन्नामा कयौँ यस्ता नरसंहारका घटनाहरु छन्, जसलाई चाहेर पनि बिर्सन सकिदैन । यीमध्ये सन् १९९४ अप्रिल महिनामा रुवान्डामा सुरु भएको नरसंहार हो । 

रुवान्डाको सरकारी आकँडाका अनुसार १०० दिनसम्म चलेको त्यो नरसंहारमा लगभग ८ लाख मानिसको हत्या गरिएको थियो । सबैभन्दा ठूलो कुरा के भने यो घटना घटाउने बाहिर तत्व नभई देशभित्रकै व्यक्तिहरु थिए । तथापि यो नरसंहार भएको २६ वर्षपछि फ्रान्सले यसमा रहेको आफ्नो भूमिकाका लागि माफी मागेको छ । 

रुवान्डाको भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इम्यानुुयल म्याक्रोनले यहाँ भएको नरसंहारमा फ्रान्सको भूमिकालाई आफूले पहिचान गरेको बताए । उनले बिहीबार रुवान्डाको राजधानी किगालीमा मृतकहरुको सम्झनामा बनेको गिजोसी नरसंहार स्मारकको अवलोकन गरेका थिए । जहाँ उनले नरसंहारमा फ्रान्सको भूमिकाका लागि माफी मागेका थिए । यस क्रममा उनले त्यो घटनाबाट गुज्रिएकाहरुले मात्रै क्षमा गर्नसक्ने बताए । ‘म विनम्रता र सम्मानका साथ आज तपाइँहरुसामु उभिएको छुु । म आफ्नो जिम्मेवारीहरुको सीमाका बारेमा जानकार छु ।’ उनले भने । 

यो स्मारक नरसंहारमा मारिएका २ लाख ५० हजारभन्दा धेरै मृतकहरुलाई गाडिएको स्थानमा बनाइएको छ । 

किन माफी माग्यो फ्रान्सले ?
वास्तवमा केही महिना पहिले रुवान्डा नरसंहारलाई लिएर फ्रान्सको सेनाको भूमिकामाथि फ्रान्सेली जाचँबुझ प्यानलको एक रिपार्टले प्रश्न उठाएको थियो । यो रिपार्टमा औपनिवेश रवैयाले फ्रान्सेली अधिकारीहरुलाई अन्धो बनाइदिएको र सरकारले जनताको हत्याको पूर्वाभास नगरेर गम्भीर अपराध गरेको गरेको उल्लेख गरिएको थियो । जसपश्चात फ्रान्समाथि नरसंहारलाई लिएर माफी माग्नुपर्ने दवाब बढ्न लागेको थियो । 

रुवान्डामा के भएको थियो सन् १९९४ मा ?
रुवान्डामा अप्रिल १९९४ देखि जून १९९४ का बीच करीब १०० दिनको अन्तरालमा करीब ८ लाख मानिसहरुको हत्या गरिएको थियो । एक अनुमानका अनुसार यो नरसंहारको क्रममा प्रत्येक दिन करिब १० हजार मानिसहरुको हत्या गरिएको थियो । यो नरसंहारमा रुवान्डाको अल्पसंख्यक समुदाय टुत्सी (जसलाई तुत्सीको नामबाट समेत चिनिने गरिन्छ)लाई निशाना बनाइएको थियो । 

नरसंहार गर्ने पनि रुवान्डा कै बहुसंख्यक हुटुु समुदायका मानिसहरु थिए । यिनीहरुले तुत्सी समुदायका मानिसहरुको हत्या मात्रै गरेनन्, उनीहरुका समुदायका हजारौँ महिलाहरुको बलात्कार पनि गरेका थिए । 

किन सुरु भएको थियो यो नरसंहार ?
रुवान्डाको कुल जनसंख्यामा हुतु समुदायको संख्या ८५ प्रतिशत रहेको छ । तर देशमा लामो समयसम्म तुत्सी अल्पसंख्यकहरुको दबदबा रहेको थियो । अल्पसंख्यक हुँदा पनि तुत्सी राजवंशले लामो समयसम्म रुवान्डामाथि शासन गरेका थिए । 

सन् १९५९ मा हुतु विद्रोहिहरुले तुत्सी राजतन्त्रको अन्त्य गरेर देशमा शासनसत्ता परिवर्तन गरेका थिए । जसपश्चात हुतु समुदायको अत्याचारबाट बच्नका लागि तुत्सी समुदायका मानिसहरु भागेर युुगान्डा गए । आफ्नो देशमा फेरि सत्ता कब्जा गर्न तुत्सी समुदायका मानिसहरुले रुवान्डा प्याट्रोएट फ्रन्ट(आरपीएफ)नाम गरेको एउटा विद्रोही संगठन स्थापना गरे । जसले सन् १९९० मा रुवान्डामा फर्केर हत्या, हिंसा गर्न सुरु गर्यो । 

राष्ट्रपतिको मृत्युपछि भड्कियो हिंसा
यो हिंसामा दुवै समुदायका हजारौँ मानिसहरु मारिए । सन् १९९३ मा तुत्सी विद्रोहीहरुले सरकारसँग सम्झौता गरे र रुवान्डामा शान्ति स्थापना भयो । तर सन् १९९४ अप्रिल ६ मा तत्कालिन राष्ट्रपति जुवेनल हाबयारिमाना र बरुन्डीका राष्ट्रपति केपरियल नतारयामिरा सवार विमान किगालीमा दृघर्टनाग्रस्त भयो । जसमा सवार सबै यात्रुहरुको मृत्यु भएको थियो । दुवै समुदायले यो घटनाको जिम्मेवारका लागि एक अर्कालाई आरोपप्रत्यारोप गरे र सुरु भयो इतिहासको सबैभन्दा भीषण नरसंहार । 

रुवान्डा नरसंहारमा कस्तो थियो फ्रान्सको भूमिका ?
वास्तवमा रुवान्डा लामो समयसम्म फ्रान्सको उपनिवेश रहेको थियो । त्यसैले आज पनि रुवान्डामा फ्रान्सेली प्रभाव धेरै नै देख्न सकिन्छ । त्यस समयमा पनि हुतु सरकारलाई फ्रान्सको समर्थन थियो । राष्ट्रपतिको मृत्युपछि हुतु सरकारको आदेशमा सेनाले आफ्नो आफ्नो समुदायसँग मिलेर तुत्सी समुदायका मानिसहरुको हत्या गर्न सुरु गर्यो । यहाँसम्म भन्ने गरिन्थ्यो कि हुतु पादरिहरुले  चर्चका ननहरुको समेत हत्या गरेका थिए । त्यसबेला फ्रान्सले हुतु सरकारको समर्थनमा आफ्नो सेना पठाएको थियो तर उसले नससंहार रोक्नुका लागि केही पनि कदम चालेन । 

कसरी अन्त्य भयो नरसंहार ?
केहि वर्ष पहिले रुवान्डाका वर्तमान राष्ट्रपति पउल कागामले पनि फ्रान्सले नरसंहार गर्नेहरुलाई समर्थन गरेको बताएका थिए । तर त्यतिबेला फ्रान्सले उनको यस आरोपलाई नकारेको थियो । सन् १९९४ मा यो नरसंहार मध्यनजर गर्दै छिमेकी देश युुगान्डाले आफ्नो सेनालाई रुवान्डा पठायो । जसपश्चात उसको सेनाले रुवान्डाको राजधानी किगालीमा कब्जा गरेर यो नरसंहारको अन्त्य गरे ।