काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ।
नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको हो। योसँगै कात्तिक १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक ११ गतेसम्म कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो।
कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको देखिन्छ। किनकि असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।
एनबीएका अनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १८ गतेसम्म घटेर ४२ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ।
कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ। गत असोज मसान्तसम्म कुल कर्जा लगानी ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।
निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि घटेको छ। गत कात्तिक ११ गतेसम्म औसत सीडी रेसियो ८७.५८ प्रतिशत रहेकोमा घटेर ८७.२१ प्रतिशतमा झरेको छ।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago