काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुुनः निर्वाचन अभियानले अप्रिल महिनामा ६.१७ करोड डलर जुुटाएको छ। ट्रम्पका डेमोक्रेटिक प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति जो बाइडेनले पनि ६.०५ करोड डलर जुुटाएका छन्।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको अर्थव्यवस्थामा सुुस्तता छाएको बेला र करोडौँ जनता बेरोजगारविहीन बनेका बेला निर्वाचनका लागि यति ठूलो राशि जुुटाइएको हो। अमेरिकामा राष्ट्रपति पदका लागि ३ नोभेम्बरमा निर्वाचन हुुने तय गरिएको छ। 

राष्ट्रपति दौडमा रहेका ट्रम्प र बाइडेनले निर्वाचनका लागि आवश्यक पर्ने राशि अनलाइनका माध्यमबाट जुुटाइरहेका छन्। ट्रम्पले नोभेम्बरमा हुुने निर्वाचनमा पुुन निर्वाचित हुुने विश्वास लिएका छन्। डेमोक्रेटिक पार्टीका तर्फबाट ७७ वर्षीय जो बाइडेन सम्भावित उम्मेदवार हुुन्। उनलाई विस्कनसिपमा डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा औपचारिक रुपमा राष्ट्रपति पदको निर्वाचनको उम्मेदवारका रुपमा मनोनित गरिएको थियो। 

अमेरिकाभर जारी लकडाउन र सामाजिक दूरी कायम गर्ने निर्देशिकाका कारण यी दुुवै उम्मेदवारको चुुनावी अभियान नराम्ररी प्रभावित भएको छ। यस क्रममा दुुवै पक्षबाट कुुनै पनि चुुनावीसभा र र्यालिहरु आयोजना हुुन पाएका छैनन्। 

रिपब्लिकन नेसनल कमिटी (आरएनसी) ले चन्दाका लागि आधिकारिक समिति डोनाल्ड जे ट्रम्प फर प्रिसिडेन्ट इंक र आरएनसीले निर्वाचनका लागि अप्रिल महिनामा ६.१७ करोड अमेरीकी डलर सहायता जुुटाएको जनाएको छ। यो रकम एक महिनामा उठाइएको सबैभन्दा ठूलो चन्दा सहायता हो। 

अप्रिल महिनामा उठाइएको यो राशिसँगै कुुल प्राप्त राशि ७४.२ करोड अमेरिकी डलर पुुगेको छ। जुुन राशि ओबामा पुुनः निर्वाचन प्रचार अभियानद्वारा जुुटाइएको राशिभन्दा २८.८ करोड धेरै हो। 

त्यस्तै अर्का उम्मेदवार बाइडेनले पनि निर्वाचन प्रचारका लागि कुुल ३२.६३ करोड अमेरिकी डलर जुुटाएका छन्। संकटको यो बेलामा पनि उनले यत्रो राशि जुुटाउनुुलाई उनको सफलताको रुपमा हेरिएको छ। – एजेन्सी