काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।