काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको नमुना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको हो। 

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमणमुक्त भएका छन्। 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ।