काठमाण्डौ । आज बजार दिनभर नै दबाबमा रह्यो। बजार खुलेदेखि झिनो अंकले घटेको बजार अन्त्यमा पनि झिनो अंकले नै घटेर बन्द भएको छ।
अघिल्लो दिन बढेको बजारमा आज धानिन सकेन। बजारलाई कारोबार तथा भोलुमबाट हेर्दा पनि निकै ड्राई अप बनेको छ।
आज बजारमा ६० करोडभन्दा कमी कारोबार भएको छ। यो भनेको पछिल्लो समयको ४ घन्टाको कारोबारमा सबैभन्दा कमी कारोबार हो।
प्राविधिक रुपमा बजारलाई १ घन्टाको समयावधिमा हेर्दा केही समयपहिले एकैदिन ९२ अंक बढे पनि बजार माथि उठ्न सकेको छैन। बजारलाई १ घन्टाको समयावधिमा बोलिंगर ब्यान्डमार्फत हेर्दा ९२ अंक बढेर खसेको बजारले मध्य ब्यान्डभन्दा माथि जान सकेको छैन। यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको बुझिन्छ। अर्थात् सानो टाइम फेरेममा पनि मध्य ब्यान्डबाट माथि गएर बजारमा खरिदका लागि अल्पकालीन कारोबारीलाई कुनै कन्फर्मेसन दिन सकेको अवस्था छैन।
एक घन्टाकै समयावधिमा बजारलाई म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक रहेका छन्। आरएसआईमार्फत हेर्दा ओभर सोल्ड जोनमा ‘डब्ल्यू’ आकार बनाउँदै ४३ को तहमा पुगेको छ। यदि आरएसआईले अघिल्लो उच्च विन्दु ४८ भन्दा माथि जान्छ भने बजारले माथिको यात्रा तय गरेको बुझिन्छ। तर, त्यो अवस्था अहिले नै बनिसकेको भने छैन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago