काठमाण्डौ । फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलको नतिजामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शानदार मतसहित प्रतिनिधिसभाको निर्वाचन जित्ने देखिएको छ । 

झापाको निर्वाचन क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका ओलीले आफ्ना प्रतिस्पर्धीहरुलाई फराकिलो मतसहित हराउने देखिएको हो । 
एक्जिट पोलको नतिजाअनुसार केपी ओलीले ६७ प्रतिशत मतसहित जित हासिल गर्ने देखिएको छ । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ प्रतिशत मात्रै मत ल्याउनेछन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलको मत ७ प्रतिशत हाराहारीमा मात्रै सीमित हुनेछ ।