काठमाण्डौ । फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा झापाको निर्वाचन क्षेत्रनम्बर १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित हुने अवस्था देखिएको छ । 

तर, त्यहाँ उनको प्रतिस्पर्धा एमालेका अग्नी खरेलसँग निकै कडा नै देखिएकोले यसै भन्न सकिने अवस्था चाहिँ छैन । 

एक्जिट पोलको नतिजाअनुसार विश्वप्रकाश शर्माले ४९ प्रतिशत मत पाउनसक्छन् भने खरेलले ४६ प्रतिशत । 

कांग्रेस महामन्त्री शर्मा यसपटक विगतका हारहरुको एकमुष्ट बदला लिने मूडमा छन् ।