काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। सोही बोनस सेयरको कर प्रयोजनार्थ छुट्याइएको ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले उल्लेखित बोनस सेयर निष्कासनका लागि आवश्यक हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ।

यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो असोज १ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।