काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा जारी प्रटोकलमा प्रतिरोधक क्षमता बढ्ने बताइएको छ। संक्रमण भएपछि उपचारका लागि हाइडोक्सिक्लोरिन (एचसीक्यूू) का ठाउँमा एचआईभीप्रतिरोधी औषधि उपयोगको सम्भावना छ। 
तर हालै एक रिपोर्टमा कोरोना उपचारमा प्रयोग हुुने औषधिको तुलनामा चियामा रहेको केमिकल कोरोनाबाट बचाउन धेरै सहयोगी हुुने साबित हुुन सक्छ। हिमाञ् चल प्रदेशको पालमपुुरस्थित हिमालय जैवसम्पदा प्रोद्योगिकी संस्थानका निर्देशक डा सञ्जय कुुमारले यस तथ्यको खुुलासा गरेका छन्। कांगडा चियाका बारेमा बोल्दै डा कुमारले अन्तर्राष्ट्रिय चिया दिवसका मौकामा आईएचबीटीमा आयोजित एक वेबिनारका क्रममा भनेका छन्।
डा कुमारका अनुुसार चियामाा यस्तो रसायन हुुन्छ जुन कोरोनाभाइरस रोकथाममा एचआईभी प्रतिरोधक औषधिको तुुलनामा अत्याधिक प्रभावकारी हुुन सक्छ। ‘हाम्रा वैज्ञानिकहरुले कम्प्युुटरमा आधारित मोडल उपयोग गर्दै जैविक रुपमा सक्रिय ६५ रसायन वा पोलिफेनोल्सको परीक्षण गरेका छन्, जुुन विशिष्ट भाइरल प्रोटिनलाई एचआइभी प्रतिरोधक दबाइको तुलनामा धेरै कुुशलतापूूर्वक बाँध्न सक्छ’, डा कुमारले भने, ‘यो रसायन ती भाइरल प्रोटिन्सका गतिविधिलाई रोक्न सक्छ जुुन मानव कोशिकाहरुमा भाइरस फैलाउन मद्दत गर्छ।’
वैज्ञानिक तथा औद्योगिक अनुुसन्धान परिषदसँग सम्बद्ध आईएचबीटी आफ्नो प्रोद्योगिकी साझेदारहरुसँग मिलेर चियामा आधारित प्राकृतिक सुुगन्धित तेलयुुक्त अल्कोहल ह्याण्ड सेनिटाइजरको पनि उत्पादन र आपूूर्ति गरिरहेको छ। आईएचबीटीमा चियालाई अर्कको उपयोग गरी हर्बल साबुुन पनि बनाइएको थियो।  साबुुन प्रभावकारी रुपमा फफस प्रमाणित, जीवाणुु प्रमाणित र भाइरस प्रमाणितलगायतका गुुणबाट सज्जित भएको शोधकर्ताहरुको भनाइ छ। 
हिमान्चलका दुुई कम्पनीहरुले यो साबुुनको उत्पादन र बिक्री गरिरहेको छ। 
यही मौकामा टी भिनेगर(चिया सिरका) प्रविधि धर्मशालाको कम्पनी मैसर्स काश आई विशलाई ट्रान्सफर गरिएको छ। चियाको सिरकामा मोटोपन प्रमाणित गुुण पनि हुुुन्छ। यसका अतिरिक्त आयुुषद्धारा सिफारिस भएको जडीबुुटीयुुुक्त हर्बल ग्रीन र कालो चिया उत्पादन पनि लन्च गरिएको छ। यी उत्पादनहरु सीएम स्टार्टअप योजनाअनुुसार मंडीका एक उद्यमीले विकसित गरेका छन्। 
शोधकर्ताहरुका अनुसार कोभिड १९ खिलाफ प्रतिरोधक क्षमता बढाउने हेतूू यो उत्पादन धेरै उपयोगी हुुन सक्छ। –एजेन्सी