काठमाण्डौ । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभी’ च्यानलले एक दशक पूरा गरेको छ।

डिशहोममा ‘मुभी अन डिमान्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन् २०१२ देखि ‘प्लस मुभी’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ। दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय छ।

नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मुभी’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ।
यस च्यानलमार्फत दूरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन्। 

‘प्लस मुभी’ सँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टीभी, गुन्जन, सिनेहिट्स, कमेडी प्लस्, डी मुभीज, जुनियर, राइम्स्, डि म्युजिक, नेपाः, मधेश प्लसजस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको छ।