काठमाण्डौ । वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रमण देखिएका छन्। 

पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत पुस २४ गते बैंकहरुको कुल कर्जा प्रवाह ३१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। यो माघ २३ गतेसम्म कर्जा प्रवाह बढेर ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक साताको अवधिमा बैंकले कर्जा प्रवाह २२ अर्ब रुपैयाँले बढाएका छन्। गत माघ १६ गते कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा माघ २३ गतेसम्म बढेर ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। 

यसैबीच गत एक साताको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन पनि ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै गत माघ २३ गतेसम्म वाणिज्य बैंकले ३७ खर्ब ८४ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन्। गत माघ १६ गते बैंकहरुको कुल निक्षेप ३७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो।