काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले आफ्नो बिजेनस आक्रामण ढंगले बढाएको देखिएको छ।
नेपाल बैंकर्स एसोसिएन (एनबीए) का अनुसार असार १२ गतेदेखि असार १८ गतेसम्मको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक देखिएका हुन्। यो अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि अघिल्लो साता (असार ५ गतेदेखि असार ११ गतेसम्म) वाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका थिए। योसँगै असार लागेयता वाणिज्य बैंकहरुले ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने चालु आर्थिक वर्षको असार १८ गतेसम्म कुल ४० खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
यसैगरी वाणिज्य बैंकहरुबाट पछिल्लो एक साताको अवधिमा १५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। जुन अघिल्लो साता ३ अर्ब रुपैयाँमा रहेको थियो। असार लागेयता भने वाणिज्य बैंकहरुले १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
चालु आर्थिक वर्षको असार १८ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको व्यापार प्रभावित बनेको थियो। तर पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्दै लगेसँगै बैंकहरुको व्यापारमा सुधार हुन थालेको बैंकरहरु बताउँछन्।
20 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago