काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा परिचालन बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार भदौ १२ गतेदेखि भदौ १८ गतेसम्मको एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालन दुवै बढेको हो।
यो अवधिमा बैंकको निक्षेप संकलन ४ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकको कुल निक्षेप ४१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म भने बैंकहरुको कुल निक्षेप ४१ खर्ब २५ हजार रुपैयाँ रहेको थियो।
यसैगरी पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ। भदौ १८ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३७ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो।
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago