काठमाण्डौ । असोजको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र र निक्षेप संकलन दुवै बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको असोज १ गतेदेखि असोज ८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको पाइएको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३१ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। भदौ ३१ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३८ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो। 

यसैगरी असोजको पहिलो साता बैंकहरुको निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ३१ गतेसम्म बैंकहरुको कुल निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो।