काठमाण्डौ । भारतको दोश्रो ठूलो आइटी कम्पनी इन्फोसिसका प्रबन्ध निर्देशक तथा सीइओ विशाल सिक्काको एउटा निर्णयका कारण केही घण्टामै लगानीकर्ताको ५० हजार करोडभन्दा बढी रुपैयाँ डूूबेको छ । खासमा सिक्काले इन्फोसिसको दुवै पदबाट राजीनामा दिएका भारतीय संचार संस्थाहरुले जनाएका छन् । यो खबर सनसनी भएसँगै कारोबारको क्रममा इन्फोसिसको सेयरमूल्यमा १३.३९ प्रतिशतको गिरावट आयो, यहीकारण लगानीकर्ताको ५० हजार करोड रुपैयाँ भन्दा बढी लगानी रकम डूूब्न पुुग्यो । यो प्रकरणले कुनै पनि कम्पनी हाँक्ने व्यक्तिको सक्षमता तथा असक्षमतासँग सम्बन्धित कम्पनीको भविष्य कुन रुपमा जोडिएको हुन्छ भन्ने कुरा समेत दुनियाँसामुु प्रमाणित गरिदिएको छ । 

इन्फोसिसको सेयरमा भारी गिरावटका कारण आम लगानीकर्ता मात्र नभई यो कम्पनीका पूर्व चेयरमेन तथा संस्थापक एनआर नारायण मूर्तिको सम्पत्ति १६ सय करोडभन्दा बढी एकैदिन घट्न पुुगेको छ । कम्पनीमा मूर्तिको सेयर स्वामित्व ०.३८ प्रतिशत, उनकी पत्नी सुधाको ०.७९ प्रतिशत, छोरी अक्षताको ०.८९ प्रतिशत तथा छोरा रोहनको १.३८ प्रतिशत स्वामित्व रहेको छ । यसरी कम्पनीमा मूर्ति परिवारको कुल सेयर स्वामित्व ३.४४ प्रतिशत छ । शुक्रबार बजार सुरु हुनुुअघि मूर्तिको कुल सम्पत्ति ८०६८ करोड भारु थियो, जो केहीघण्टामा घटेर ७००० करोड भारुमा झर्न पुुगेको हो । 

विशाल सिक्कालाई तीनवर्षअघि मात्र इन्फोसिसको सीइओ नियुक्त गरिएको थियो । कम्पनीको तर्फबाट मुम्बई स्टक एक्सचेञ्जलाई दिइएको जानकारी अनुसार सिक्काको राजीनामा स्वीकृत भइसकेको छ । विशाल सिक्का कम्पनीमा अब एक्जीक्यूटिभ भाइस चेयरमेनको भूमिकामा हुनेछन् । 

संस्थापक र बोर्डबीच विवाद
सिक्काको राजीनामाको कारणको रुपमा संस्थापक तथा बोर्ड सदस्यहरुबीचको विवादलाई लिइएको छ । त्यसो त गत फेब्रुुअरीमा इन्फोसिसका फाउण्डर्सले प्रशासनको कामकाजमाथि प्रश्न उठाएका थिए । एनआर नारायणमूर्ति, क्रिस गोपालकृष्णन तथा नन्दन नीलेकणीले कम्पनीको बोर्डसामुु यस्तो चिन्ता व्यक्त गरेका थिए । 

५० हजार करोड डूूब्यो
शुक्रबार बजार खुल्दा कम्पनीको मार्केट क्याप २ लाख ३४ हजार ६ सय ९ करोड भारु थियो । जब सिक्काले राजीनामा दिएको खबर सनसनी भयो, तब १३.३९ प्रतिशत मूल्य घट्यो । जसका कारण मार्केट क्याप ३१ हजार ४ सय १८ करोड भारु घटेर २०३१९०.९ करोड भारुमा सीमित बन्न पुुग्यो । यसरी लगानीकर्ताको केही घण्टाको अवधिमा नेपाली ५० हजार करोड रुपैयाँ डूूब्यो । 

त्यसो त विशाल सिक्काको ३ वर्षे कार्यकालमा लगानीकर्ताहरुले २३ हजार ५ सय करोड भारु कमाएका थिए । इन्फोसिसको सेयरमा पछिल्लो दिनमा देखिएको उछालको मुख्य कारण पनि सिक्कालाई नै मानिन्थ्यो । स्मरणरहोस्, इन्फोसिसको सेयरमा शुक्रबार देखिएको गिरावट यो वर्षकै सबैभन्दा डरलाग्दो गिरावट हो ।