काठमाण्डौ । वित्त वर्ष २०२२ को अन्तिम त्रैमासमा लन्डनस्थित आधारित बैंक एचएसबीसीको नाफामा उछाल आएको छ। 

अघिल्लो वर्षको तुलनामा उक्त वर्षको अन्तिम त्रैमासमा एचएसबीसीले झन्डै दोब्बर नाफा बढेको हो। विश्वमा आर्थिक मन्दी चलेकै समयमा एचएसबीसीले नाफा उत्साहजनक ढंगले बढाउन सफल भएको हो। 

यो बैंकले अन्तिम त्रैमासमा ५.२ बिलियन डलर नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा झन्डै ९० प्रतिशतले बढी हो। 

दोब्बर नाफा आर्जन सफल यो बैंकको बार्षिक आम्दानी भने १.४ विलियनले घटेर १७.५ विलियनमात्रै रहेको छ। 

यसरी नाफा कमाउनुमा भने यो बैंकले फ्रान्समा रिटेल बैंकिङ सेवा बेच्नु रहेको जनाइएको छ। 

एचएसबीसीले अब क्यानडामा पनि आफ्ना बैंकिङ सेवा विस्तार गर्ने बैंकले जनाएको छ। योसँगै बैंकले लगानीकर्तालाई उच्च प्रतिफल दिने पनि जनाएको छ। –एजेन्सी