काठमाण्डौ । एचएसबीसीले बेलायतमा रहेको अमेरिकी बैंक सिलिकन भ्यालीको एउटा इकाइ खरिद गरेको घोषणा गरेको छ।
एचएसबीसीले १ पाउन्डमा सिलिकन भ्याली बैंकको बेलायतस्थित इकाइ खरिद गर्ने सम्झौता गरेको हो। सिलिकन भ्याली बैंकको सम्पूर्ण ऋण सरकारको सहयोगमा रहेकोले अधिग्रहण मूल्य नाममा मात्रै छ। अर्थात्, एचएसबीले यो सम्झौतापछि कुनै ऋण तिर्न पर्दैन।
एचएसबीसीले गत मार्च १० सम्म सिलिकन भ्याली बैंक बेलायतसँग करिब ५.५ अर्ब पाउन्डको ऋण र करिब ६.७ अर्ब पाउन्डको निक्षेप रहेको जनाएको छ। गत ३१ डिसेम्बरमा सिलिकन भ्याली बैंक बेलायतले करअघि ८८ मिलियन पाउन्डको नाफा कमाएको थियो।
एचएसबीसीले सिलिकन भ्याली बैंक बेलायतको टेन्जिबल इक्विटी लगभग १.४ अर्ब पाउन्ड हुने अपेक्षा गरिएको छ। जब कि सिलिकन भ्याली बैंक बेलायतको मूल कम्पनीहरुको सम्पत्ति र दायित्वको ट्रान्ज्याक्सनलाई बाहिर राखिएको छ। अधिग्रहण विद्यमान स्रोतहरुबाट कोष गरिनेछ।
एचएसबीसीले मे २ मा आफ्नो पहिलो त्रैमासको वित्तीय विवरणमा यो अधिग्रहणका बारेमा सेयरधारकलाई अपडेट गराउनेछ।
यो सम्झौतापछि सिलिकन भ्याली बैंकमा आफ्नो पैसा जम्मा गर्ने बेलायती ग्राहक र व्यवसायले अन्य बैंकिङ सेवासँगै यो पहुँच गर्न सक्षम हुनेछन्। सिलिकन भ्याली बैंक गत मार्च १० मा बन्द भएको थियो। बैंक धरासायी भएपछि अर्बौं निक्षेपकर्ता अलपत्र परेका छन्।
बेलायतका अर्थमन्त्री जेरेमी हन्टले यो सम्झौता सरकार र बैंक अफ इंग्ल्यान्डले सहजीकरण गरेको बताए। ‘एचएसबीसी युरोपको सबैभन्दा ठूलो बैंक हो’, उनले भने, ‘सिलिकन भ्याली बैंक बेलायतका ग्राहकले सुरक्षित महसुस गर्नुपर्छ।’
6 minutes ago
12 minutes ago
21 minutes ago
29 minutes ago
42 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago