काठमाण्डौ । यो वर्ष वार्षिक साधारणसभा(एजीएम) घोषणा गर्ने विकास बैंकहरुमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो बैंक बनेको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकले आगामी कात्तिक १६ गते मंगलबार आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

बैंकको सोमबार बसेको २७८ औं संचालक समितिको बैठकले बिहान १० बजे काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा वार्षिक साधारणसभा आह्वान भएको हो । 

बैंकले विशेष प्रस्तावको रुपमा हाल कायम ३ अर्ब अधिकृत पूँजीलाई वृद्धि गरी ५ अर्ब कायम गर्ने, संचालक समितिले गरेको प्रस्ताव अनुसार हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस वितरणको विषयमा निर्णय गर्ने लगायतका विषय समावेश गरेको छ । 

हाल कायम चुक्तापूँजीमा १० प्रतिशत बोनस सेयर दिएपछि जारी तथा चुक्तापूँजी बढेर ३ अर्ब १ करोड माथि पुग्ने भएकोले सो प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ । 

साधारणसभाले भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर जाने विषयको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत पारित गर्नेछ । 

साधारण प्रस्तावको रुपमा प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको विषय पनि रहेको छ । 

बैंकले साधारणसभा आह्वान गर्दै जारी गरेको सूचना यस्तो छ: