काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फन्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसका अवसरमा लगानीकर्तालाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फन्डमा लगानी गरी चाँदीको सिक्का उपहारमा पाउने अवसर ल्याएको छ। 

सो योजनाअन्तर्गत धनतेरसको दिन एनआईबिएल सहभागिता फन्डमा लगानी गरेका योग्य सहभागीहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ। सोको विजेता घोषणा फेसबुक लाइभमार्फत गरिनेछ। 

अनलाइन प्रणालीबाट समेत इकाइ खरिद गर्न मिल्ने यस फन्डले सो दिनका (कात्तिक १६) लागि कारोबारको समय पनि ३ घन्टाले थप गरी बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म इकाइहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको छ। 

लगानीका लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाइ खरिद गरी लगानीको शुभारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ। 

थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बर( ०१–४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ।