काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये शाखा र सेवा बिस्तारको आक्रामक बन्दै अगाडि बढेको एनआइसी एशिया बैंकले एकसाथ विभिन्न ४ पदमा १८८ कर्मचारी मागेको छ । 

यो बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै आइटी म्यानेजर, सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । 

बैंकले आइटी म्यानेजर पदमा एकजना मागेको छ । 

यस्तै, काठमाण्डौ उपत्यकाभित्र र बाहिर काम गर्ने गरी ५३ जना सिनियर अफिसर, ५५ जना अफिसर र ७९ जना जुनियर अफिसर माग गरिएको छ । 

स्नातकोत्तर वा स्नातक उत्तीर्ण गरी ५ वर्षको बैकिङ अनुुभव भएकोले सिनियर अफिसर र अफिसरको पदमा आवेदन दिनसक्नेछन् । यी दुवै पदमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेकाहरुले आवेदन दिनसक्ने बताइएको छ । 

जुनियर अफिसरको पदमा समेत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्ष बैंकिङ सेवामा कार्य गरेको अनुुभवप्राप्तले आवेदन दिनसक्ने बताइएको छ । इच्छुकले अगस्ट ३ सम्ममा आवेदन दिनसक्नेछन् ।