काठमाण्डौ । एनआइसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत(सीइओ)का लागि दरखास्त आह्वान गर्यो भन्दा तपाईलाई लाग्ला बैंकका सीइओ लक्ष्मण रिसाल अब विदा हुने भएछन् भनेर । तर, एनआइसी एशियाले बैंकका लागि नभई निकट भविष्यमा संचालन गर्न लागेको एनआइसी एशिया लघुवित्त बित्तीय संस्थाका लागि सीइओ मागेको हो । 

बिहीबार एक सूचना प्रकाशित गर्दै बैंकको सहायक कम्पनीको रुपमा आउन लागेको लघुवित्तको नेतृत्व हाँक्नसक्ने पदका लागि दरखास्त आह्वान गरेको हो । 

सीइओका लागि लघुवित्त क्षेत्रमा राम्रो ज्ञान भएको तथा सम्बन्धित बिषयमा स्नातक उत्तीर्णले आवेदन दिनसक्ने बताइएको छ । 

माइक्रो फाइनान्स, बैंक तथा फाइनान्समा अफिसर लेभलमा कम्तीमा १० वर्ष काम गरेको अनुुभव तथा व्यवस्थापनमा रहेर ५ वर्ष काम गरेको अनुुभवप्राप्त व्यक्तिले सीयओको पदमा आवेदन दिनसक्ने बताइएको छ । ४५ वर्ष उमेरसम्मकाले आवेदन दिनका लागि योग्य भनिएको छ ।