काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ३ बुँदे सर्कुलरपछि अधिकांश बैंकहरुले निक्षेपतर्फ अन्धाधुन्ध बढाएको ब्याजदरमा संसोधन गरेका छन् । 

अधिकांशले संसोधित ब्याजदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन् । 

वाणिज्य बैंकमध्ये अधिकांशले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन् भने संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम गरेका छन् । 

मुद्दति निक्षेपमा धेरै बैंकको ब्याजदरमा समानता रहे पनि बचततर्फ दिइने ब्याजदरमा राष्टबैंकले लचक नीति लिएपछि यसमा एनआइसी एशिया बैंक आक्रामक देखिएको छ । 

यसको अर्थ बचत खाता खोलेर बैंकमा पैसा राख्न चाहनेले सबै वाणिज्य बैंकमध्ये एनआइसी एशियामा सबैभन्दा धेरै ब्याज पाउनेछन् । 

एनआइसी एशियाले बचत खाता खोल्नेलाई अधिकतम ७ प्रतिशत ब्याज दिने गरी संसोधित दर सार्वजनिक गरेको छ । यो भनेको वाणिज्य बैंकहरुमध्येकै उच्च दर पनि हो । 

अरुको कति ? 
बचत खाता खोलेर निक्षेप जम्मा गर्दा एनएमबी बैंकले अधिकतम ६.५७ प्रतिशत ब्याजदर दिनेछ । यस्तै, सिटिजन्स बैंकले ५.१० प्रतिशत मात्र ब्याज दिनेछ । 

प्राइम बैंकले ४.७६ प्रतिशत, सेञ्चुरी बैंकले अधिकतम ५.३६ प्रतिशत, माछापुच्छ्रे बैंकले ५.३७ प्रतिशत, नेपाल बैंकले ५.०१, राष्टिय वाणिज्य बैंकले ५.०५, प्रभू बैंकले ५.३२, नेपाल एसबीआई बैंकले ४.५६ प्रतिशत, नेपाल बंगलादेश बैंकले ४.८६ प्रतिशत, हिमालयन बैंकले ६.५६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत ब्याजदर अफर गरेका छन् । 

नवील बैंकको बचत खाताको अधिकतम ब्याजदर ६.३६ प्रतिशत कायम भएको छ ।