काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले एकैसाथ फ्रेस जनशक्तिका लागि निकै ठूलो जागिरको अवसर खुलाएको छ । 

शाखा सञ्जालमा देशकै ठूलो बैंक एनआइसी एशियाले इन्ट्री लेभलको ट्रेनी असिस्टेन्ट पदमा २०० कर्मचारी मागेको हो । 

बैंकले काठमाण्डौभित्र र बाहिरका विभिन्न कार्यालयहरुमा काम गर्ने गरी कर्मचारी मागेको हो । 

 

 

बैंकले क्षेत्रीय स्तरका शाखाहरु मेची, कोशी, सगरमाथा, जनकपुर, बागमति, नारायणी, गण्डकी धौलागिरी, लुम्बिनी, भेरी कर्णालइ राप्ति र सेती महाकालीका क्षेत्रीय कार्यालयका लागि फ्रेस जनशक्ति मागेको हो । 

कुनै पनि बिषयमा ५० प्रतिशत अंकसहित स्नातक उत्तीर्णले आवेदन दिन पाउनेछन् । आवेदकको उमेर घटीमा १८ वर्ष र बढीमा ३० वर्ष हुनुपर्नेछ । 
इच्छुकले नोभेम्बर १४ भित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

आवश्यकता सम्बन्धी विज्ञापनको नमूना यस्तो छः