काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाका भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेका एनआईबिएल समृद्धि फन्ड–१, समृद्धि फन्ड–२, सहभागिता फन्ड र प्रगति फन्डको विवरण सार्वजनिक भएको हो। 

भदौ मसान्तसम्म समृद्धि फन्ड–१ को न्याभ १२.६४ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ १३.२० रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म ४९ करोड ८५ लाख रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर, बोनस सेयर र सूचीकृत नभएका सेयरमा १० करोड १८ लाख रुपैयाँ र ऋणपत्र तथा बोन्डमा १० करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ।

भदौसम्म यस फन्डले कुल १ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। 

यो फन्डको कुल आय भदौमा १ करोड ३८ लाख रुपैयाँ रहेको छ। साउनमा कुल आय ७ करोड ७ लाख रुपैयाँ रहेको थियो।

यसैगरी भदौ मसान्तसम्म समृद्धि फन्ड–२ को न्याभ ९.८८ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ १०.३९ रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म ७५ करोड ५ लाख रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर, बोनस सेयर र सूचीकृत नभएका सेयरमा १५ करोड २६ लाख रुपैयाँ र ऋणपत्र तथा बोन्डमा ८ करोड ३५ लाख रुपैयाँ लगानी रहेको छ।

भदौसम्म यस फन्डले कुल १ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। 

यो फन्डको कुल व्यय भदौमा १ करोड ७४ लाख रुपैयाँ रहेको छ। साउनमा कुल आय ५ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

भदौ मसान्तसम्म सहभागिता फन्डको न्याभ १२.३५ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ १३.०१ रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म २२ करोड २ लाख रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर, बोनस सेयर र सूचीकृत नभएका सेयरमा ५ करोड ६ लाख रुपैयाँ र ऋणपत्र तथा बोन्डमा ३ करोड ९४ लाख रुपैयाँ लगानी रहेको छ।

भदौसम्म यस फन्डले कुल ३८ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी ३८ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

यो फन्डको कुल व्यय भदौमा ६२ लाख १७ हजार रुपैयाँ रहेको छ। साउनमा कुल आय १ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

भदौ मसान्तसम्म प्रगति फन्डको न्याभ १२.९८ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ १४.३४ रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म ७९ करोड २२ लाख रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर, बोनस सेयर र सूचीकृत नभएका सेयरमा १३ करोड ६३ लाख रुपैयाँ रुपैयाँ लगानी रहेको छ।

भदौसम्म यस फन्डले कुल ९२ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। 

यो फन्डको कुल व्यय भदौमा १ करोड ७८ लाख रुपैयाँ रहेको छ। साउनमा कुल आय ८ करोड ३५ लाख रुपैयाँ रहेको थियो।