काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको गत आर्थिक वर्षका लागि आकर्षक लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको हिजो असार १४ गते बसेको बैठकले एनआईबिएल प्रगति फन्ड,  एनआईबिएल सहभागिता फन्ड र एनआईबिएल समृद्धि फन्ड–१का इकाइधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको हो। जसअनुसार प्रगति फन्डको ५० प्रतिशत अर्थात ३७ करोड ७० लाख रुपैयाँ (करसहित) नगद लाभांश घोषणा गरिएको छ।

यसैगरी एनआईबिएल सहभागिता फन्डको पनि ५० प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरिएको छ। 

यस्तै एनआइबिएल समृद्धि फन्ड–१ का लागि ३५ प्रतिशत अर्थात ३५ करोड रुपैयाँ (करसहित) नगद लाभांश घोषणा गरिएको छ।