काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फन्डको लगानी वृद्धि योजनाका विजेताहरु घोषणा गरिएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस फन्डको दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि ल्याएको थियो। यस योजनाका विजेताहरुको घोषणा गत साउन १५ गते बिहान ११ बजे गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत सम्पन्न भएको थियो। 

यसका साथै यस योजनाका विजेताहरुलाई एनआईबिएल एस क्यापिटल लिमिटेडले विजेताहरुले प्रदान गरेका सम्पर्क नम्बर वा ई–मेलद्वारा जानकारी गराइने जनाएको छ। योजनाका विजेताहरुको नाम एनआईबिएल एस क्यापिटलको वेबसाइट तथा सामाजिक संजालमा पनि प्रकाशित गर्ने जनाइएको छ।