काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकका लागि विशेष योजना ल्याएको छ।

उक्त योजनाअनुसार एनआईबिएल एस क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) निःशुल्क खालिनेछ। यसका साथै आज साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेतालाई नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबीएल सहभागिता फण्ड’ को १०० इकाइ उपहार दिइने क्यापिटलले जनाएको छ। 

क्यापिटलका अनुसार यो योजना आउँदो कार्तिक २० सम्मका लागि लागू हुनेछ।

एनआईबिएल एस क्यापिटलले आफ्नो सेवा प्रवाहलाई झन्झहटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता खोल्न तथा मेरो सेयर दर्ता विद्युतीय प्रणाली (अनलाइन) मार्फत सहज रुपमा गरिरहेको जनाएकोे छ। थप जानकारीका लागि, एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बर : ९८०१०६१११२ र ९८०१०२२५३८) मा सम्पर्क गर्न सकिनेछ।