काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले एनआईबिएल प्रगति फन्ड, एनआईबिएल समृद्धि फन्ड–१ र समृद्धि फन्ड–२ को वित्तीय विवरण सार्वजनिक गरेको हो। 

साउनमा प्रगति फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १४.३४ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १८.२२ रुपैयाँ रहेको थियो।

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ९१ करोड १३ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत नभएको सेयरमा १३ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ। यस्तो लगानी असारसम्म क्रमशः ९८ करोड ९ लाख रुपैयाँ र १३ करोड ६६ लाख रुपैयाँ रहेको छ। 

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब ४ करोड रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय ८ करोड ३५ लाख रुपैयाँ रहेको छ। 

साउनमा समृद्धि फन्ड–१ को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १३.२० रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १६ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ५९ करोड ९१ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत नभएको सेयरमा १० करोड १० लाख रुपैयाँ लगानी गरेको छ। यस्तो लगानी असारसम्म क्रमशः ६३ करोड ३७ लाख रुपैयाँ र १० करोड २३ लाख रुपैयाँ रहेको छ। 

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय ७ करोड ७ लाख रुपैयाँ रहेको छ।  

साउनमा समृद्धि फन्ड–१ को प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर १०.३९ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १० रुपैयाँ रहेको थियो। 

साउनसम्म समृद्धि फन्ड–२ ले सूचीकृत सेयरमा ७२ करोड ५९ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत नभएको सेयरमा १५ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ। यस्तो लगानी असारसम्म क्रमशः ५० करोड ५७ लाख रुपैयाँ र १५ करोड ३३ लाख रुपैयाँ रहेको छ। 

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब १८ करोड रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी ९३ करोड ९९ लाख रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय ५ करोड ९३ लाख रुपैयाँ रहेको छ।