काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडको आज सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट २६ प्रतिशत नगद लाभांश पारित भएको छ।

काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको सभाहलमा भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट घोषित चुक्तापुँजीको २६ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन तथा वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ।

एकमात्र सेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रतिनिधि तुलजंग पाण्डेले बैंकका तर्फबाट प्रतिनिधित्व गरेका उक्त साधारणसभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए। सभामा सञ्चालक सदस्यहरु दिपककुमार श्रेष्ठ, बन्दना थापा, रविन्द्र भट्टराई र आनन्दकुमार भट्टराईको समेत उपस्थिति थियो। 

त्यसैगरी नियमन निकायका प्रतिनिधिहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचि लगायत अन्य पदाधिकारीको समेत उस्थितिमा साधारणसभा सम्पन्न भएको थियो।