काठमाण्डौ। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको म्याद थप गरेको छ।

एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ का अवसरमा सम्पूर्ण लगानीकर्तामाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल वैशाख १ गतेदेखि २०७९ साल असार १७ गतेसम्म ७९ दिनका लागि लागू गरेको थियो। ती योजनाको गत शुक्रबार असार १७ गते समाप्त भएको थियो।

यद्यपि ग्राहकले देखाएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै  क्यापिटलले रु. २ हजारमा आजीवन डिम्याट र मेरो सेयर नवीकरण गर्ने योजनाको भने म्याद थपेको हो। अब यो योजनाअन्तर्गत असार ३२ गतेसम्म रु. २ हजारमा आजीवन डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने व्यवस्था क्यापिटलले गरेको छ। 

नयाँ तथा पुराना ग्राहक दुवैलाई लागू हुने यस योजनामा सहभागी भई डिम्याट र मेरो सेयर नवीकरणको झन्झटबाट आजीवनमुतm हुने एनआईबिएल एस क्यापिटलको भनाइ छ।