काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता निःशुल्क खोल्न मिल्ने योजना ल्याएको छ।
कुनै पनि ग्राहक तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यस विशेष योजना ल्याइएको क्यापिटलले जनाएको छ। यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले एनआइबिएल एस क्यापिटलबाट निःशुल्क डिम्याट तथा मेरो सेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ।
एनआईबिएल एस क्यापिटलले आफ्नो सेवा प्रवाहलाई झन्झटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित डिम्याट खाता खोल्न तथा मेरो सेयर दर्ता विद्युतीय प्रणालीमार्फत सहज रुपमा गरिरहेको जनाएको छ। उक्त योजना यही मंसिर १६ गतेदेखि मंसिर १८ गते (३ दिन) सम्मको लागिलागु हुने यस क्यापिटलले जनाएको छ।
उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरो सेयरको खाता खोल्ने फरक क्षमता भएका ग्राहकमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली विजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाइ उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago