काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा कार्यरत विभिन्न तहका कर्मचारीलाई लगानी तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ। 

कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारबारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फन्ड योजनाका बारेमा र खुलामुखी योजनाअन्तर्गत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो। 

कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको धितोपत्र बजारसम्बन्धी अन्य सेवाहरु जस्तै– लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवालगायत र बजारका विभिन्न लगानी उपकरणका बारेमा छलफल भएको थियो। सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधनसमेत गरिएको थियो। 

यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानीसम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ।