काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा सिटीटेकमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको छ।
कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारबारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फन्ड योजनाका बारेमा र खुलामुखी योजनाअन्तर्गत रहेको व्यवस्थित लगानी योजना (एसआईपी)सम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो।
कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको धितोपत्र बजारसम्बन्धी अन्य सेवाहरु जस्तै– लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिका बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुका बारेमा छलफल भएको थियो। कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाको सम्बोधन समेत गरिएको थियो।
यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानीसम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटलले लिएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago