काठमाण्डौ । एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्स प्रालिबीच सस्ंथागत परामर्श सेवाअन्तर्गत ‘रोडम्याप फर आईपीओ’ सम्झौता भएको छ। 

सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मूलले हस्ताक्षर गरेका छन्। 

उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटलका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवनराज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको पनि उपस्थिति थियो।

एलायन्स फर्मास्यिुटिकल्स कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाण्डौमा सञ्चालन भइरहेको छ र बारा जिल्ला सिमरास्थित कारखानाबाट औषधी उत्पादन गर्दै आइरहेको छ। कम्पनीले उत्कृष्ट गुणस्तरीय औषधियुक्त वस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधियुक्त वस्तु उत्पादन कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ। यसका साथै एलायन्स फर्मास्यिुटिकल्स औषधि उत्पादन कुशल अभ्यास प्रमाणित कम्पनी रहेको छ।

उक्त सम्झौताअन्तर्गत एनआइबिएल एस क्यापिटलले एलायन्स फर्मास्यिुटिकल्सलाई सर्वसाधारण सेयर निष्कासनपूर्व कम्पनीले गर्नुपर्ने पूर्वतयारीसम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ। जसअन्तर्गत एनआईबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पुँजी संरचनामा तथा पुँजी वृद्घिमा आवश्यक परामर्श दिने, निष्कासन प्रक्रिया, आकार र मूल्य निर्धारणमा परामर्श दिने र सेयर निष्कासनपूर्व कम्पनीलाई चाहिने आवश्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्नेछ। 

यसका साथै सर्वसाधारणमा सेयर निष्कासनपूर्व कम्पनीलाई चाहिने आवश्यक पुँजी संकलन प्रक्रियामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ तथा सर्वसाधारणमा सेयर निष्कासन गर्ने सिलसिलामा निष्कासन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्पूर्ण आवश्यक सेवासमेत प्रदान गर्नेछ।

एनआईबिएल एसले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलतामा उचित परामर्श प्रदान गर्दै आएको छ।