काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (एचएमडीएल)का बीच गत नेभेम्बर २४ मा लगानी सम्झौता भएको छ।

सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे र एचएमडीएलका तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन्। एनआईबिएल एस क्यापिटलले एचएमडीएलमा केही न्यूनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ। 

टाटा समूहसँगको सहकार्यमा एचएमडीएलले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेको छ। कोभिड–१९का बीच सन् २०२१ मा एचएमडीएलको स्थापना भएको थियो।

एचएमडीएलले टाटा मेडिकल एन्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकललगायत निदानकारी उत्पादनहरुको विकास, उत्पादन र बजारीकरण गर्दछ। एचएमडीएल भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी होे। 

एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरु आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचानसमेत निर्माण गरेको थियो। एचएमडीएलले कोभिड पीसीआर किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ। यसका साथै नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ। 

टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स भारतसँगको सहकार्यमा नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाइहरु स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ। यसका साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरु स्थापना गर्ने र विभिन्न उत्पादनहरुलाई बजारमा ल्याउने योजनासमेत रहेकोे छ।

एचएमडीएलले नेपालमा स्वास्थ्य सेवाको पहँुँचलाई थप सुलभ बनाउँदै सम्पूर्ण राष्ट्रलाई फाइदा पुर्याउने लक्ष्यसमेत राखेको छ।