काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेडअन्तर्गत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको छ। 

कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारबारे संक्षिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फन्डका बारेमा र खुलामुखी योजनाअन्तर्गत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो। 

कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवालगायतका बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुका बारेमा संक्षिप्त छलफल भएको थियो। कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो। 

यस प्रकारका कार्यक्रमले लगानीकर्तामा लगानीसम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटलले लिएको छ।