काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा डियरवाक अटो सर्भिसका कर्मचारीले लगानी गर्ने भएका छन्। 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड)द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिसबीच एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा कर्पोरेट पेरोल एसआईपीमार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

उक्त सम्झौतामा डियरवाक अटो सर्भिसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ठ र एनआईबीएल एस क्यापिटलका तर्फबाट म्युचुअल फन्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका छन्। 

यस योजनाअन्तर्गत डियरवाक अटो सर्भिसका विभिन्न तहका कर्मचारीहरुले आफूले इच्छाअनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फन्डको व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत लगानी गर्न सक्नेछन्।