काठमाण्डौ । एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यका साथ ‘सेयर ज्ञान–एजुकेटिङ इन्भेस्टर्स’ नामक चेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको छ।

एनआईबीएल एस क्यापिटलले यो जनचेतनामूलक अभियान सामाजिक सञ्जालमार्फतबाट सबै वर्गलाई बुभ्mन सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै भाषामा सम्प्रेष गर्दै आइरहेको छ । साथै, सेयर बजारसम्बन्धी विस्तृत जानकारी दिनका लागि दैनिक रुपमा ‘डेली न्युज लेटर’ र साप्ताहिक रुपमा ‘साप्ताहिक सेयर बजार समीक्षा’ पनि  गरिरहेको छ।

क्यापिटलले प्रस्तुत गर्दै आइरहेको चेतनामूलक अभियानले सेयर बजारमा लागानी गर्न इच्छुक लगानीकर्तालाई टेवा पुर्याउनेमा विश्वस्त छ । यसका साथै, क्यापिटलले आगामी दिनमा जनमानसमा सेयर बजारसम्बन्धी थप जनचेतना र सेयर ज्ञान अभिवृद्धि गर्न आफ्नो सामाजिक सञ्जालका माध्यमहरु अझ सक्रिय बनाउँदै जाने प्रतिबद्वता व्यक्त गरेको छ।