काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एनआईसी एसिया बैंक लिमिटेडको आज (मंसिर २१ गते) २३ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ।

सभा बैंकको थापाथलीस्थित केन्द्री कार्यालयमा बिहान हुनेछ। सभामा गत आर्थिक वर्ष २०७६÷७७ प्रस्तावित लाभांश पारित हुनेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशतबराबरको लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही मंसिर १० गतेदेखि आज मंसिर २१ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।