काठमाण्डौ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारी भएको छ।

दक्षिण कोरियामा बस्दै आएका नेपालीले अब बिनाझन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै एनआईसी एशिया बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन्। उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफूले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउनसमेत सकिने व्यवस्था रहेको बैंकले जनाएको छ। 

कोरियामा बसोबास गरिरहेका नेपालीले सेन्टबी रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नेछनन्।