काठमाण्डौ । एनआईसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर आज आइतबार अनुमोदन हुँदैछ।

दुवै लघुवित्तले आज हुने आआफ्नो वार्षिक साधारणसबाट मर्जर अनुमोदन गर्ने भएका हुन्। एनआईसी एसिया लघुवित्तले सभा जाजरकोटको भेरी नगरपालिकास्थित होटेल र्याडिसमा हुँदैछ छ भने स्वदेशी लघुवित्तको सुनसरीको इटहरीस्थित होटेल पाथीभरामा हुँदैछ।

दुवै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस गरिने स्वदेशी र एनआईसी एसिया लघुवित्त मर्जरसम्बनधी प्रतिवेदन पारित हुनेछ। सभाले मर्जर प्रयोजनका लागि निर्धारण गरिएको सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। योसँगै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यी दुवै लघुवित्तबीच गत साउन ३२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। गत पुसमा भने दुवै लघुवित्तले मर्जरसम्बनधी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

मर्जर प्रयोजनका लागि दुवै लघुवित्तको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ।