काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ।

संस्थाले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आइरहेको छ। संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको पत्नीको मृत्यु भएकोमा उक्त रकम मृतकका पति नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो। 

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको संस्थाले स्थापना भएको छोटो समयमै हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। साथी सँगै सवल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ।