काठमाण्डौ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारी नियुक्त गरेका छन्। 

संस्थाको १०२ औँ सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालक पदमा अधिकारीलाई नियुक्त गरेको हो। अधिकारी पेसाले चार्टर्ड अकाउन्टेन्ट छन्। उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यानुभव रहनुका साथै बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्यसमेत गर्दै आएका छन्। 

सञ्चालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यावसायिक अभ्याससहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र सञ्चालकका रुपमा चयन गरिएको जानकारी दिए। 

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यो संस्थाले स्थापना भएको छोटो समयमै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ। हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरुसहित करिब ३६ हजार कर्जा सेवाग्राहीको सहयात्रीको रुपमा यो संस्थाले वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।