काठमाण्डौ। ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै ग्राहकलाई सहज तरिकाले डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले सुनसरीको धरान उपनगरपालिकास्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडालगायतका सामग्री खरिद गर्न सकिने पसलमा क्यूआर कोड वितरण गरेको छ। 

उक्त क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष रामकुमार दास र एनआईसी एशिया बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेको थिए। 

बैंकको मोबाइल बैंकिङ ‘एनआईसी एसिया मोबैंक’ फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकले मोबाइल बैंकिङ एप÷वालेटमार्फत यो बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नछेन् र सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ। 

बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोरलगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडि लैजानका लागि आवश्यक योजना अगाडि सारेको छ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत २२ लाख बढी ग्राहकलाइृ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।