काठमाण्डौ । नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि देशका विभिन्न स्थानमा गरिएको निषेधाज्ञाका बेला एनआईसी एसिया बैंकका ग्राहकले विभिन्न ई–कमर्स कम्पनीमार्फत गर्ने किनमेलमा १५ प्रतिशत क्याज ब्याकको योजना सार्वजनिक गरेको छ।  

विभिन्न ई–कमर्स कम्पनीले दैनिक रुपमा अत्यावश्यक सामग्री उपभोक्ताको घरमै डेलिभरी गरिरहेको अवस्थामा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाइनमार्फत यही वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता (क्यास ब्याक) को योजना सार्वजनिक गरेको हो । बैंकले Sastodeal, Gyapu, Reecharger, Infi Store र Khanpin Foods and Tours बाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । 

नेपालमा कोरोनाले सिर्जित असहज परिस्थितिका बेला ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकाई प्रोत्साहन गर्न ती ई–कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ (NIC ASIA MoBank) प्रयोगकर्ताले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछन्। यसका साथै आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आईसर्भमार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले जनाएको छ। 

हाल बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिँमार्फत २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।